१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालगन्जमा युवकको हत्या

१८ चैत्र २०८०, आईतवार ११:०५

चैत १८, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानकारी दिए।

युवकको हत्या गरिएको अवस्थामा आइतबार बिहान १० बजेतिर शव फेला परेको उनले बताए। घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी डाँगीले जानकारी दिए। मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का पुर्ववडाअध्यक्ष रञ्जित खाँको नाति भएको खुलेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक युवकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको बताइएको छ। उक्त घटना रातको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण