२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाल्पाको विद्युत् कार्यालयमा तालाबन्दी

२०७३, ६ कार्तिक शनिबार ०९:०९

कात्तिक ६, पाल्पा । बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताले कार्यालयमा ताला लगाएका छन् । 

विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रवार तालाबन्दी गरेका छन् । 

पटक/पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सङ्घर्ष समिति रामपुरका अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । 

कम्पनीले विद्युत् महसुल वृद्धि गरेदेखि यस क्षेत्रका उपभोक्ताले तीन महिनादेखि विद्युत् महसुल रकम बुझाएका छैनन् । 

चरणबद्ध आन्दोलन गर्दै आएका उपभोक्ताले विद्युत् महसुल वृद्धि कम गर्न पटक÷पटक आग्रहगर्दै आए पनि कम्पनीले कुनै चासो नदिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा