१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?

१९ चैत्र २०८०, सोमबार ०२:४५

चैत १९, काठमाडौँ | आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ ।

यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ ।

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।

सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो । त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालियो ।

त्यस्तै अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो, तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ ।

अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ। सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक बर्ष बढ्दै गएको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण