कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग

२०७३, ६ कार्तिक शनिबार ०९:२२


कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 

सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गर्नुभएको हो । 

अनुरोधपत्रमा छिन्नमस्ता– राजविराज– रुपनी– गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने, राजविराज विमानस्थल नियमित रुपमा पुनःसञ्चालन गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने, छिन्नमस्तामा रहेका गोविन्दपुर र बनैनियाँ छोटी भन्सार पुनःसञ्चालन गर्नुपर्ने, छिन्नमस्ता मन्दिरबाट ३० किमी दूरीमा रहेको निर्मली रेल्वे स्टेसन विस्तार गरी छिन्नमस्ता गाविसको सीमासँग जोड्नुपर्ने उल्लेख छ । 

त्यस्तै मन्दिर परिसरमा सुविधासम्पन धर्मशाला र अतिथि गृह, राजविराज सडकको सम्पूर्ण निर्माण, स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी, एम्बुलेन्सको व्यवस्था हुनुपर्ने माग गरिएको छ । 

जिल्लाको एक मात्र संस्कृत विद्यालय प्लस टुमा परिणत गर्नुपर्ने, छिन्नमस्ता, बनैनियाँ र शम्भुनाथ सडक निर्माण गर्नुपर्ने, राजविराजस्थित राजरङ्गशाला पुनःनिर्माण गर्नुपर्ने र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्तरोन्नति गर्नुपर्ने लगायत माग पनि गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा