कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग

६ कार्तिक २०७३, शनिबार ०९:२२


कात्तिक १७, सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । 

सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गर्नुभएको हो । 

अनुरोधपत्रमा छिन्नमस्ता– राजविराज– रुपनी– गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने, राजविराज विमानस्थल नियमित रुपमा पुनःसञ्चालन गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने, छिन्नमस्तामा रहेका गोविन्दपुर र बनैनियाँ छोटी भन्सार पुनःसञ्चालन गर्नुपर्ने, छिन्नमस्ता मन्दिरबाट ३० किमी दूरीमा रहेको निर्मली रेल्वे स्टेसन विस्तार गरी छिन्नमस्ता गाविसको सीमासँग जोड्नुपर्ने उल्लेख छ । 

त्यस्तै मन्दिर परिसरमा सुविधासम्पन धर्मशाला र अतिथि गृह, राजविराज सडकको सम्पूर्ण निर्माण, स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी, एम्बुलेन्सको व्यवस्था हुनुपर्ने माग गरिएको छ । 

जिल्लाको एक मात्र संस्कृत विद्यालय प्लस टुमा परिणत गर्नुपर्ने, छिन्नमस्ता, बनैनियाँ र शम्भुनाथ सडक निर्माण गर्नुपर्ने, राजविराजस्थित राजरङ्गशाला पुनःनिर्माण गर्नुपर्ने र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्तरोन्नति गर्नुपर्ने लगायत माग पनि गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता