२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

२०८०, १९ चैत्र सोमबार ०७:३१

चैत १९, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ । भारतका विभिन्न सहरमा आईपीएलका खेलहरु भइरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने राष्ट्र भारतमा आईपीएललाई पनि विशेष पर्वकै रूपमा लिन्छन्, समर्थकहरू ।

यसैक्रममा आईपीएलको एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोलीका समर्थकले एक ६३ वर्षीय व्यक्तिको हत्या गरेका छन् । यो घटना सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिचको खेलका क्रममा भएको थियो ।

हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत टिबिले नामक व्यक्तिको हत्या गरिएको हो । बांडुपंत हैदराबादका समर्थक थिए र मुम्बईका समर्थकले उनको हत्या गरेको समाचारमा जनाइएको छ ।


उक्त खेलमा दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान रोहित शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माद्वारा क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।

रोहित शर्मा मुम्बईका पूर्वकप्तान पनि हुन् । उनले हालसम्म सर्वाधिक पाँचपटक मुम्बईलाई आईपीएलको उपाधि चुमाएका छन् । उक्त अप्रिय घटना कोल्हापुरको हनमंतवाडी क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीकाअनुसार, बलवंत झांझगे र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर एउटा घरमा मुम्बई र हैदराबादबिचको खेल हेरिरहेका थिए । यी दुवै मुम्बई इन्डियन्सका समर्थक थिए । पहिले ब्याटिङ गरेको हैदराबादले विशाल रन बनाएपछि मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए ।

त्यसमाथि सबैभन्दा सफल र अनुभवी खेलाडी आउट भएपछि त मुम्बईका समर्थकहरू झनै आक्रोशित बनेका थिए । रोहित आउट हुनासाथ हैदराबादका समर्थक बांदुपंत पनि खुसीयाली मनाउँदै त्यहाँ पुगे । रोहित शर्मा नै आउट भएपछि मुम्बईको हार निश्चित भयो भन्दै उनी खुसीयाली मनाउँदै थिए ।

त्यसपछि मुम्बईका आक्रोशित समर्थक बलवंत र सागरले बांदुपंतमाथि अचानक आक्रमण गरे । उनीहरुले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएका थिए । खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीय प्रहरीले सामान्य विषयलाई लिएर यति ठुलो घटना भएकोमा आफूहरू पनि आश्चर्यचकित भएको बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना