२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

२०८०, २० चैत्र मंगलवार ०६:५०

चैत २०, काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको खुलासा गरेकी हुन् ।


आफुलाई एक महिनाको समय दिइएको बताउदै उनले भाजपाले अब आम आदमी पार्टीलाई ध्वस्त पार्ने रणनीति मन बनाएको बताएकी छन् ।

उनले भनिन्- 'आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । पहिले सत्येन्द्र जैन पक्राउ परेका थिए । त्यसपछि मनिष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई गिरफ्तार गरियो । अब मसँगै सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्डालाई पनि पक्राउ गरिदै छ ।'

मन्त्री आतिशीले बीजेपीले आम आदमी पार्टीका नेताहरूलाई गिरफ्तार गर्ने हो भने यो पार्टी ध्वस्त हुन्छ भन्ने अनुमान गरेको बताउदै कार्यकर्ताले त्यस्तो हुन नदिने बताएकी छन् ।

आतिशीले भनिन्, ‘अब मेरो घरमा ईडीले छापा मार्नेछ । ईडीले मेरा आफन्तको घरमा छापा मार्नेछ। हामीलाई समन जारी गरी जेल पठाइनेछ। तर हामी डराउँदैनौं। हामी संविधान र देश बचाउन लड्नेछौं ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना