१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

२० चैत्र २०८०, मंगलवार ०६:५०

चैत २०, काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको खुलासा गरेकी हुन् ।


आफुलाई एक महिनाको समय दिइएको बताउदै उनले भाजपाले अब आम आदमी पार्टीलाई ध्वस्त पार्ने रणनीति मन बनाएको बताएकी छन् ।

उनले भनिन्- 'आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । पहिले सत्येन्द्र जैन पक्राउ परेका थिए । त्यसपछि मनिष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई गिरफ्तार गरियो । अब मसँगै सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्डालाई पनि पक्राउ गरिदै छ ।'

मन्त्री आतिशीले बीजेपीले आम आदमी पार्टीका नेताहरूलाई गिरफ्तार गर्ने हो भने यो पार्टी ध्वस्त हुन्छ भन्ने अनुमान गरेको बताउदै कार्यकर्ताले त्यस्तो हुन नदिने बताएकी छन् ।

आतिशीले भनिन्, ‘अब मेरो घरमा ईडीले छापा मार्नेछ । ईडीले मेरा आफन्तको घरमा छापा मार्नेछ। हामीलाई समन जारी गरी जेल पठाइनेछ। तर हामी डराउँदैनौं। हामी संविधान र देश बचाउन लड्नेछौं ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण