१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।


 उनि ठमेलबाट पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले  बताए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । 

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!