सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको का"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनजिविका सहकारीको चौथो साधारणसभा सम्पन्न

६ कार्तिक २०७३, शनिबार १०:५०


सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको कार्यालय परिसर पाखापानीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जीबराज शर्माको अध्यक्षता एवम् संस्थाका जेष्ठ शेयर सदस्य लिलानाथ बेल्बासेको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका सचिव गिरीराज पौडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगतप्रसाद अधिकारीले आर्थिक बर्ष २०७२/०७३ को ९७ लाख ९३ हजार ९ सय ९९ रुपैयाँ ७१ पैसाको आय—व्यय तथा आर्थिक बर्ष २०७३/०७४ को १ करोड ७८ लाख १७ हजार ३ सय ५८ रुपैयाँ ७१ पैसाको अनुमानित बजेत सहितको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शित्तल रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले यस बर्ष ३ लाख १६ हजार ३ सय ५६ रुपैयाँ ७१ पैसा नाफा गर्न सफल भएको छ भने अगामी बर्ष ५ लाख ४९ हजार मुनाफा गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । 

संस्थाकी उवाध्यक्ष कृष्णा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाको मुल्यमान्यता र नितिलाई सही रुपमा कार्यान्वयन गदै संस्थाका शेयर सदस्यलाई आर्थिक, समाजिक र सांस्कृतिक रुपमा सक्षम बनाउनु पर्ने बताएका थिए । 

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु रिखीराम पुन, रामकृष्ण पौडेल, लेल्समा बेल्बासे, बसन्तराज भट्टराई, हुमप्रसाद आचार्य, धनबहादुर रावत, कमला बेल्बासे र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक गोबिन्दबहादुर केएमले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव