ट्याक्सी दुर्घटना हुँदा बेपत्ता विवशको शव त्रिशूलीमा भेटियो

Posted on: 03 Apr, 2024

चैत २१, काठमाडौं | बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा -७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ ।

चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने  अन्य पाँच जनाको शव भेटिएको थियो ।

दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।


आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी  शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

चैत १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने सो ट्याक्सी दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!