२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा एसइईमा चिट चोराउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

२०८०, २१ चैत्र बुधबार ०९:५६

चैत २१, रौतहट | एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरुलाई बिभिन्न परिक्षाकेन्द्रबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । 


त्यस्तै आफू परीक्षा निरीक्षकको रूपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भङ्ग गरेको भन्दै प्रहरीले राजदेवी नगरपालिका–१ बस्ने श्री मा. वि. पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको छ । त्यस्तै परीक्षा निरीक्षकको रूपमा खटेर चिट चोराउने श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव,  श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव र  श्री शंकर मा.वि. सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उता श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा अनधिकृत रूपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षीय राम सोगारथ साहलाई पक्राउ गरेको छ । सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको छ ।

त्यस्तै मंगलबार परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका थिए । 

मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए ।

हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उदेश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका जानकारी दिए ।

परीक्षा हलबाट चेकजाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कÞानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना