१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा बालिका बलात्कार अभियोगमा सन्दीपलाई १९ वर्ष कैद

२१ चैत्र २०८०, बुधबार १०:३७

चैत २१,  काठमाडौँ । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए ।

आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण