२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बद्री बहादुर’ नचले कलाकारिताबाट संन्यास लिने जयकिशनको घोषणा

२०८०, २१ चैत्र बुधबार १२:१६

चैत २१, काठमाडौँ । चलचित्र ‘बद्री बहादुर’ नचले आफूले कलाकारिता छोड्ने कलाकार जयकिशन बस्नेतले बताएका छन्। बुधवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जयकिशनले सो घोषणा गरेका हुन। उनी चलचित्रका एक मुख्य कलाकारसमेत हुन।

निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को बुधवार राजधानीमा पत्रकार सम्मेलन गरिएको थियो।


पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शोभित बस्नेत र चलचित्रका कलाकारहरू जयकिशन बस्नेत र राजीवजंग बस्नेत उपस्थित थिए।

कार्यक्रममा बोल्दै जयकिशनले भने,‘जबसम्म म घाटामा जान्न तबसम्म म चलचित्र बनाइरहन्छु भनेर मैले भनेको थिए। ‘धूम ४’ मा पहिलो पटक घाटा खाए। त्यसपछि मैले चलचित्र बनाइन। तर आज म के घोषणा गर्न चाहन्छु भने यदि बद्रीबहादुर चैत्र २३ गते चलेन भने म कलाकारिताबाट संन्यास लिन्छु।’

‘२३ र २४ गते चलचित्र मज्जाले चल्छ। चलेन भने २५ गते म मेरै युट्युब च्यानलबाट संन्यास लिए है भनेर भिडियो बनाउँछु। त्यसपछि मेरो कलाकारिताले विश्राम लिन्छ’, जयकिशनले थपे।

उनले चलचित्र कमेडी र एक्सनको सम्मिश्रण भएकाले दर्शकले फरक स्वाद पाउने बताए। जयकिशनको भनाइमा समर्थन जनाउँदै निर्देशक शोभित बस्नेतले पनि ‘बद्री बहादुर’ मौलिक मसलेदार फिल्म बनेकाले दर्शकले रुचाउने दाबी गरे।

‘यो चलचित्र दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुन्जेल आनन्द आउँछ। मेरो २८ वर्षे फिल्मी करियरमा बद्री बहादुर अर्को राम्रो फिल्म हो’, शोभितले जोडे।

यही शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्रको एक गीतमा नायिका पूजा शर्मा र अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन्। पूजा र सलोनलाई ब्रान्ड एम्बेस्डरको रूपमा चलचित्रमा प्रयोग गरेको शोभितले बताए।

‘एउटा राम्रो उत्पादनलाई बजारीकरण गर्न ब्रान्ड एम्बेस्डर चाहिए जस्तै हाम्रो चलचित्रका लागि पूजा र सलोन ब्रान्ड एम्बेस्डर हुन्। उनीहरू चलचित्रमा छैनन्। मात्र एउटा गीतमा हुन’, शोभितले भने।

पूजा र सलोनबाट केही आस राखेर काम नगराए पनि राम्रोसँग सर्पोट नभएको गुनासोसमेत शोभितको कार्यक्रममा राखे।

एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं, लगायतको अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन भने विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रको निर्माता हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना