१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र ५ वटा कार उपहार

२२ चैत्र २०८०, बिहीबार ०७:१७

चैत २२, काठमाडौँ | यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘ समर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो ।

एक्सचेन्जले केन्द्रिय कार्यालय आबुधावीमा बुधबार पत्रकार सम्मेलन गर्दै यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना मार्च २८ तारिखदेखि जुलाई २५ सम्म सन्चालन गरिनेछ । यस् अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गरिने छ ।


यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । यस् अवधीमा हरेक महिना इलेक्ट्रोनिक ड्र गरिने छ । सोही अनुसार अप्रिल महिनामा ८ ग्रामका दरले ८ जना र ४ ग्रामका दरले २५ जनाले सुन उपहार पाउने छन । त्यस्तै मे महिनामा ८ ग्रामका दरले ९ जनालाई र २५ जनालाई ४ ग्रामका दरले उपहार प्रदान गरिने छ भने जुनमा ८ जनालाई ८ ग्रामका दरले र २५ जनालाई ४ ग्रामका दरले सुन उपहार प्रदान गरिनेछ ।

त्यस्तै जुलाई महिनामा मेघा लक्की ड्र गरिने छ । जुलाई ३१ मा दुबईमा हुने मेघा लक्की ड्र मा ५ जनालाई ५ वटा निसान सनीको कार सहित अर्को एक जनालाई आधा किलो सुन प्रदान गरिने एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले जानकारी दिए ।

अल अहलिया एक्सचेन्जले गएको ११ वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका दुई वर्ष अफर ल्याउन नसकिएपनि गएको बर्षबाट ग्राहक लक्षित योजना सुरु गरेको एक्सचेन्जका वरिस्ठ बजार प्रमुख सन्तोष नाएरले बताए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याएको एक्सचेन्जका नेपाल प्रमुख बेनिमाधव ढकालको भनाइ छ ।

यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उनले आग्रह गरेका छन् । यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाएका थिए ।

त्यस्तै सन् २०१३ मा सोही कम्पनीले चलाएको योजनामा अर्का एक नेपाली राम बहादुर कटुवालले एक लाख दिराम (झन्डै ३६ लाख रुपैयाँ) नगद उपहार पाएका थिए । एक्सचेन्जले सन् २०२० मा चलाएको विन्टर प्रमोसनमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सिता पाण्डेले झन्डै ५० लाख रुपैयाको उपहार पाएका थिए ।

सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने मध्येको एक ठुलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण