१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

२२ चैत्र २०८०, बिहीबार ०८:२२

चैत २२, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ ।

आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।


त्यस्तै बझाङको  निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकरी दिएको छ ।

निर्वाचन आयोगले अध्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् । 

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।

त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।

आयोगले यस अघि २०८० बैशाख १० गते अध्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण