२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित हुने

२०८०, २२ चैत्र बिहीबार ०९:२१

चैत २२, काठमाडौँ । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ ।

बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् ।

यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या र गुनासो दर्ता गराउन सक्नेछन् ।

विभागका अनुसार उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत व्यक्ति स्वयम्‌ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्नेछन् । यसको लागि विदेशस्थित नेपाली दूतावास वा नियोगसम्म पुग्नुपर्दैन । यो सेवा प्रयोग गर्नको लागि छुट्टै युजर आइडी, पासवार्ड वा इमेलको आवश्यकता पनि पर्दैन ।

विभागका अनुसार अबदेखि व्यक्ति स्वयम् पुग्नुपर्ने सेवा बाहेक अन्य सेवा प्राप्त गर्न दूतावास जानुपर्दैन । त्यसका साथै आफ्नो समस्या मोडयुलबाट राखिसकेपछि अन्य माध्यमबाट सम्पर्क गर्ने अवाश्यकता समेत नरहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना