२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बनमा

२०८०, २२ चैत्र बिहीबार १२:०५

चैत २२, काठमाडौँ । नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ।

जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्। 

अख्तियार प्रवक्ता नरहरी घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर भएको छ। उनी कार्यकारी अध्यक्षपछिको वरीयतामा छन्। 

कालाखेतीविरुद्ध विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको आधारमा मुद्दा दायर गरिएको छ। उनी चार्टड एकाउन्टेन्ट समेत हुन्। 


वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रपोजलसहितका डकुमेन्ट गलत लिखित पेश गरेको आरोप लागेको छ भने वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ। 

हाल निर्देशक रहेका उमेश पौडेल, रिजाल, निर्देशक उपेन्द्र पौडेल, हाल निर्देशक रहेका क्याप्टेन श्रावण रिजाल उपनिर्देशक बृहतमान तुलाधरलाई विमान खरिन गर्ने प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप छ। २३० टन क्षमताको जहाज आयातगरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप लगाएको छ। 

इन्जिनियर उपेन्द्र पौडेल एयरवर्दिनेश म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख हुन भने सीए उमेश पौडेल फाइनान्स डिपार्टमेन्ट प्रमुख र वरिष्ठ क्याप्टेन श्रावण रिजाल अपरेसन विभाग प्रमुख छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ। उनी निलम्बनमा परेका छन्।

तत्कालीन निगम सञ्चालक समिति सदस्य हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना