१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बनमा

२२ चैत्र २०८०, बिहीबार १२:०५

चैत २२, काठमाडौँ । नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ।

जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्। 

अख्तियार प्रवक्ता नरहरी घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर भएको छ। उनी कार्यकारी अध्यक्षपछिको वरीयतामा छन्। 

कालाखेतीविरुद्ध विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको आधारमा मुद्दा दायर गरिएको छ। उनी चार्टड एकाउन्टेन्ट समेत हुन्। 


वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रपोजलसहितका डकुमेन्ट गलत लिखित पेश गरेको आरोप लागेको छ भने वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ। 

हाल निर्देशक रहेका उमेश पौडेल, रिजाल, निर्देशक उपेन्द्र पौडेल, हाल निर्देशक रहेका क्याप्टेन श्रावण रिजाल उपनिर्देशक बृहतमान तुलाधरलाई विमान खरिन गर्ने प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप छ। २३० टन क्षमताको जहाज आयातगरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप लगाएको छ। 

इन्जिनियर उपेन्द्र पौडेल एयरवर्दिनेश म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख हुन भने सीए उमेश पौडेल फाइनान्स डिपार्टमेन्ट प्रमुख र वरिष्ठ क्याप्टेन श्रावण रिजाल अपरेसन विभाग प्रमुख छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ। उनी निलम्बनमा परेका छन्।

तत्कालीन निगम सञ्चालक समिति सदस्य हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण