२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिसडोलको बासिन्दाले भोलिदेखि काठमाडौँको फोहोर फाल्न नदिने

२०८०, २३ चैत्र शुक्रबार ०७:२७

चैत २३, काठमाडौँ | बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले काठमाडौँबाट जाने फोहोर व्यवस्थापनमा अवरोध गर्ने भएका छन् । शनिबारदेखि फोहोर ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयले बताएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्य शक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ ।


बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउ धनको रक्षाका लागि फोहोर फल्न अवरोध गरिने उल्लेख गरिएको छ।

शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।

उनले भने, ‘नेपाल सरकार र काठमाडौं महानगरपालिकासमेतका फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौं स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएको लगायत मानवता विरोधी अपराध गरेकाले अब उप्रान्त सधैंका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन।’

यसपटक पूर्व सहमति कार्यान्वयनको चरणमा नपुगुञ्जेलस निर्णायक र चरणबद्ध आन्दोलन गर्ने स्थानीयहरूले बताएका छन्।

केन्द्र सरकारसँगका मागः 

  • मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र 
  • फोहोरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र
  • फोहोरमैला प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन 
  • फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैलासम्बन्धी उद्योग स्थापना 
  • बन्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने
  • ल्यान्डफिल साइट क्षेत्रमा त्रासदी बढाउन खडा गरेको सशस्त्र प्रहरी पोस्ट तत्काल खारेज गर्नुपर्ने
  • प्रभावित क्षेत्रका दुई सयजनालाई सरकारी सेवा अवसर दिनुपर्ने
  • नेपवेस्ट प्रालिसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने
  • फोहोरमैला व्यवस्थापन ऐन, ०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, ०७९ खारेज गर्नुपर्ने
  • ल्याण्डफिल साइट सम्बन्धी प्रस्ताव गरिएका कामहरु द्रुत कार्यान्वयन गर्न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने

काठमाडौं महानगरपालिकासहित स्थानीय सरकारसँगका मागः

  • ल्यान्डफिल साइटमा मानव वस्ती नजिक खडा गरेका सशस्त्र प्रहरी पोस्ट खारेज गर्नुपर्ने
  • कोल्पुखोलामा लिचेड मिसाउन बन्द गरी त्यहाँको पानीलाई पूर्ववत् अवस्थामा स्वच्छ कायम गर्नुपर्ने
  • फोहोरमैला व्यवस्थापनमा भएको अदृश्य भ्रष्टाचारको छानविन गर्नुपर्ने
  • फोहोरमैला ढुवानी गर्ने सवारीसाधन महासंघ र नगरपालिकाले प्रमाणीकरण गरी अप्रिय परिस्थितिको जवाफदेही बन्नुपर्ने 
  • सिसडोल बन्चरेडाँडा साइटमा २०६२ सालदेखि हालसम्म काम गर्न राखेका स्थानीय सबै कामदारलाई स्थायी नियुक्ति दिई १० लाखसम्मको जीवन बिमा गर्नुपर्ने 
  • प्रभावित क्षेत्रका दुई सयजना महिला तथा पुरुषलाई सरकारी सेवामा समावेश गर्नुपर्ने
  • तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको सडकमा पर्ने जग्गाको मुआब्जा भुक्तानी गरी चार लेन सडक निर्माण गर्नुपर्ने
  • फोहोरमैला ढुवानीका लागि आठ माइल देवकोटा टोल–ढाँडे–बन्चरेडाँडा सडक द्रूत प्रक्रियाद्वारा निर्माण गर्नुपर्ने
  • फोहोरमैला ढुवानीका साधन दुर्घटनाबाट मृत्यु भएका, बस्तीमा भएको वातावरण विनाशको १८ वर्षसम्मको अनुमानित क्षति ४५ अर्बभन्दा धेरै भएकाले उच्चस्तरीय संसदीय संयुक्त छानबिन समितिको प्रतिवेदनबमोजिन भुक्तानी दिनुपर्ने
  • ल्यान्डफिल साइटमा फोहोरमैलासम्बन्धी उद्योग द्रूत ​प्रक्रियाद्वारा स्थापना गर्नुपर्ने लगायत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना