२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधरण सभा सम्पन्न

२०७३, ६ कार्तिक शनिबार १३:२४

कात्तिक ६, पोखरा ।  पोखरा १७, विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधरणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङानाले राज्यका सबै निकायहरु समावेशी अवधारणामा बनाइरहँदा संस्थामा महिलाहरुको सहभागीताले समावेशीकरण अबलम्बन गरेकोमा प्रशंसा गर्नुभयो ।  

उहाँले राज्य विभिन्न वर्ग र समुदायमा विभाजित भइरहँदा टोल विकास संस्थामा विभेद हुन नहुने र एकताबद्ध हुनुपर्ने बताउनुभयो । समाजमा विभिन्न विकृति र विसंगती फैलीरहेको बताउँदै संस्थाले  युवाहरुलाई सृजनशील बनाएर विकृतिबाट पर राख्न सफल भएको भन्दै सरहाना गर्नुभयो ।


कार्यक्रमका विशेष अतिथि पोखरा उपमहानगरपालिकाका योजना महासाखा प्रमुख एवं वरिष्ठ ई. शारदा मोहन काफ्लेले पोखरामा विकास निर्माणका काम गर्नको लागि अवसर र चुनौती दुवै रहेको भन्दै विकास निर्माणका कार्य तिव्र रुपमा अगाडि बढेको र वडा नं १७ मा विस्तारित भएको वस्ती सँगै यहाँको विकासको लागि नगरपालिकाले सदवै चासो ब्यक्त गर्ने बताउनुभयो । उहाँले पोखराउपमहानगरपालिकाले सबै टोल विकास संस्थाहरुलाई समान रुपमा सहयोग गरेको  र आगामी दिनमा पनि सहयोग गर्ने बताउँनुभयो ।

विरुवा मार्ग टोल विकास संस्थाका सल्लाहाकार तथा रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारीले विकास निर्माणका कार्यमा महिलाहरुको सक्रियता बढ्दै गएको भन्दै हरेक टोलको विकास गर्नका लागि महिलाहरुको अग्रणी भुमिका हुने भएको हुँदा पोखरा उपमहानगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धिको लागि पहल गर्नुपर्ने बताउनुभयो  । उहाँले नगर विकासको  लागि ल्याइने ठुला योजना भन्दा पनि अत्यावश्यक क्षेत्रमा नगरपालिकाको ध्यान पुग्नुपर्ने कुरामा जोड दिनुभयो । पोखराको सडक, ढल सँगै फोहोर व्यवस्तापन गर्न पोखरा उपमहानगरपालिका लागि पर्नुपर्ने भन्दै पोखरा उपमहानगरपालिकाले थालनी गरेको प्लास्टिक मुक्त शहर अभियानलाई सफल बनाउनका लागि टोल संस्थाहरुले  सहयोग  गर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका वडा नं १७ सभापति देवी प्रसाद आचार्यले वडाको विकास निर्माणका कार्यमा परेका समस्या समाधानका लागि सम्पुर्ण राजनीतिक दल सदैव लागि पर्ने जनाउनुभयो साथै उहाँले पोखरा नगरको विकासका लागि टोल विकास संस्थाहरुले खेलेको भुमिका प्रति प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले वडा नं १७ का अध्यक्ष शुवास ढुङ्गगाना, वडा नागरिक मञ्च १७ का संयोजक टोपराज ढुङ्गगाना, संस्थाका सल्लाहकार शिवराम सुवेदी, विवेकशिल युवा क्लबका अध्यक्ष अर्जुन कुँवरले बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष खमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका सचिव शालीकराम भण्डारीले सचिव र कोषाध्यक्षकोे प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका अध्यक्ष खमबहादुर केसीले संस्थाको भावी योजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा स्वाग मन्तब्य उपाध्यक्ष लक्ष्मी गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव शालीकराम भेण्डारीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा