२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक बोरा धान चोर्न ७० वर्षीया वृद्धाको हत्या

२०८०, २३ चैत्र शुक्रबार ०७:५६

चैत २३, सर्लाही | सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको खुलेको छ।

एक बोरा धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका– ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका– ४ बस्ने ७० वर्षीया पार्वती महतोको हत्या गरेको प्रहरीले जनाएको छ।


गत मंगलबार साँझ महतो आफ्नै घरमा मृत फेला परेकी थिइन्। बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनामा संलग्न चौधरीलाई सार्वजनिक गरेको हो। चौधरीलाई घटनाको भोलिपल्ट बागमती नगरपालिका– १, नहरनजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। 

चौधरी केही समययता बागमती नगरआसपासमा काम गरेर बसेका थिए। अनुसन्धानको क्रममा उनी लागुऔषध दुर्व्यसनी रहेकोसमेत खुलेको प्रहरीले जनाएको छ लागुऔषध प्रयोगका लागि पैसा नभएपछि धान चोर्न खोजको प्रहरीको आशंका छ।

सोही क्रममा वृद्धाले प्रतिकार गर्दा चौधरीले नजिकै रहेको चिर्पट टाउकोमा प्रहार गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। चौधरीले घटनास्थलबाट लिएर गएको धान गाउँनजिकै पसलमा बेच्नसमेत खोजेको सिसिटिभी फुटेजमा देखिएको छ। सोही आधारमा अनुसन्धान गर्दा चौधरी पक्राउ परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना