१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक बोरा धान चोर्न ७० वर्षीया वृद्धाको हत्या

२३ चैत्र २०८०, शुक्रबार ०७:५६

चैत २३, सर्लाही | सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको खुलेको छ।

एक बोरा धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका– ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका– ४ बस्ने ७० वर्षीया पार्वती महतोको हत्या गरेको प्रहरीले जनाएको छ।


गत मंगलबार साँझ महतो आफ्नै घरमा मृत फेला परेकी थिइन्। बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनामा संलग्न चौधरीलाई सार्वजनिक गरेको हो। चौधरीलाई घटनाको भोलिपल्ट बागमती नगरपालिका– १, नहरनजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। 

चौधरी केही समययता बागमती नगरआसपासमा काम गरेर बसेका थिए। अनुसन्धानको क्रममा उनी लागुऔषध दुर्व्यसनी रहेकोसमेत खुलेको प्रहरीले जनाएको छ लागुऔषध प्रयोगका लागि पैसा नभएपछि धान चोर्न खोजको प्रहरीको आशंका छ।

सोही क्रममा वृद्धाले प्रतिकार गर्दा चौधरीले नजिकै रहेको चिर्पट टाउकोमा प्रहार गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। चौधरीले घटनास्थलबाट लिएर गएको धान गाउँनजिकै पसलमा बेच्नसमेत खोजेको सिसिटिभी फुटेजमा देखिएको छ। सोही आधारमा अनुसन्धान गर्दा चौधरी पक्राउ परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण