कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ |  व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश भएको छ।

शुक्रबार जिल्ला अदालत चितवनले खामलाई थुनामा पठाउन आदेश दिएको हो।

न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए ।

१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!