१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

२३ चैत्र २०८०, शुक्रबार ११:५६

चैत २३, काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोहीठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।


उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो  । उनीहरुले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोप लागेको छ ।

वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रिस पठाइदिने भन्दै श्रीलंकनलाई काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।

पक्राउ परेकाहरुलाई अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान तथा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण