२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

२०८०, २४ चैत्र शनिबार ०३:०१

चैत २४, काठमाडौँ | ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ। 

त्यस्तै विवाहले गृह परिवर्तन, छोरिको वसाईसराई, छोरातर्फ गोत्र वृद्धी, सन्तान प्रप्ति, आदि कुराहरुको पनि आदिको प्रतिनिधित्व गर्ने भएकोले चलेको दशा तथा अन्तरदशा ध्यान दिने गरिन्छ। प्राय वहु विवाह हुने कुण्डलिमा योग छ भने राहु तथा संकटा को दशामा विवाह धेरै हुने गर्दछ। यस्ता मानीसहरु विवाह पश्चात पछुताउने, बहुविवाह हुने गर्दछ। भाग्यले नै नहेराई विवाह गर्ने वा गुण र गण अनि नाडिदोष मिल्दैमा वा नमिल्दा पनि विहे गर्ने निर्णय हुन्छ। भाग्यलाई काट्न मिल्दैन तर ज्योतिषिय पद्दतिबाट परिवर्तन वा एउटा नया बाटो प्रदान गर्न सकिन्छ। फलादेश गर्ने ज्योतिष गलत हुन सक्छ तर शास्त्र गलत हुन सक्दैन। त्यसैले प्रेम विवाह वा भागि विवाह जन्मकुण्डलि मै स्पष्ट खुलेको हुन्छ।  

कसरी हुन्छ प्रेम विवाह?

सामान्यत गोचर, महादशा वा अन्तरदशामा पन्चम भावको सम्बन्ध सप्तम भाव, वा नवम भावसँग हुदा, नवमांश कुण्डलिमा पनि शुक्रको अवस्था ठिक छ भने जोडी प्रेम विवाह बन्धनमा बाधिन्छन । या प्रेम संबन्धमा रहन्छन । प्रेम संवन्धलाई निर्माण गर्न शुक्रको साथमा राहु र मंगलले पनि मुख्य भुमिका खेल्छ। स्थान अनुसार सबै ग्रहले र दशाले गोचरमा त्यसको अबस्थालाई विचार गरेपछि सकृय दशा, अन्तरदशा, प्रयन्तरदशा, शुस्मदशा, प्राण दशा साथमा योगीनी दशाको पनि अवस्था हेरेपछि त्यो सम्बन्ध कति समय टिक्छ भनेर फलादेश गर्न सकिन्छ। त्यसमा पनि गोचर र जन्मपत्रिकामा लग्न, चन्द्र, नवमांश कुण्डलिमा ग्रहको अवस्था हेरेपछि हरेक सम्बन्धको कारण, स्वार्थ, फाईदा, घाटा, अवधि, माया, मोह, आदि बुझ्न सकिन्छ।  

ज्योतिषशास्त्रमा विभिन्न शास्त्र अनुसार केहि फरक मत पनि भेटिन्छन् । मुख्यत "बृहत्संहिता", "फलित ज्योतिष", "फलदीपिका", "फलित रत्न", "जातक परिज्ञान", "वृहज्योति:सार सिरोमणी", "भृगु संहिता", "सारावलि" लगायतका शास्त्रले विभिन्न हिसाबले प्रेम र विवाहको योगलाई वर्णन गरेको छ ।

प्रेम र मनोरञ्जनलाई शुक्र ग्रहले प्रतिनिधित्व गर्छ । शुक्र ग्रह बृष र तुला राशिको स्वामी हो भने मिन राशीमा उच्च हुन्छ । साथै षडबलले पनि प्रभाव पार्छ। स्थान बल, दिग्बल,दृष्टिबल, काल बल, साधारण बल,नैष्कर्म्य बल आदिले फरक पर्छ। जस्मा राशी,भाव,युति, दृष्टि, अंशा, नक्षत्र, गोचर, अस्त, उच्च, निच, शत्रु, मित्र, आदिको विचार गर्नु आवश्यक हुन्छ। 

शुक्र र मंगलको मिलन हुदा पनि प्रेम विवाहमा परिणत हुन्छ या शप्तमेशको दशामा भाग्यश वा मंगल या योगीनीमा सिद्वा र मंगला, राहु र संकटा, शुक्र र सत्तम, पञ्चम सम्बन्धित ग्रहको भेटले पनी प्रेम विवाहको हुने सम्भावना बढ्ने गर्छ ।

नवम भावमा पन्चम भाव को शुभ सम्बन्ध हुँदा पनि दुइ प्रेमी पति पत्नी बनेर दाम्पत्य जीवनमा सुख प्राप्त गर्न सक्छन् । शुक्र यदि लग्न स्थान मा स्थिर छ अनि चन्द्र कुण्डलीमा पन्चम स्थानमा शुक्र छ भने पनि प्रेम बिबाह सफल हुने मानिन्छ। 

लग्न कुण्डलि र नवमांश कुण्डलीमा सप्तम र नवामेश युति छ भने प्रेम बिबाह पूर्ण रुपमा सफल हुन्छ । 

शुक्र ग्रह लग्नमा स्थित छ र लग्नेश पनि लग्नमा छ भने प्रेम बिबाह हुन्छ । शनि र केतु पाप ग्रह हुन् तर सप्तम भाव मा यिनको युक्ति प्रेमीको लागि शुभ संकेत हो । तर शनी ब्रेक अप कारक ग्रह समेत भएकोले यसलाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ ।

राहु यदि लग्न, पाॅचौ या सातौंमा स्थित छ भने नवामांस कुण्डली वा जन्म कुण्डली मध्ये कुनैमा पनि सप्तम तथा पञ्चमेषका कुनै प्रकारको दृस्टी वा युक्ति सम्बन्ध भएमा प्रेम बिबाह हुन्छ ।

लग्न भावमा लग्नेश र चन्द्र, शुक्र वा पञ्चमेषको युति भएमा, वा लग्न कुण्डलिको पञ्चमेष वा लग्नेश नवमांश कुण्डलिको पञ्चमेष वा लग्नेश संग विपरीतमा छ भने पनि प्रवल प्रेम बिबाह योग बन्दछ । सप्तम स्थानमा सप्तमेश को साथमा चन्द्रमा भए पनि प्रेम बिबाह योग बन्दछ । 

यदि मनोरञ्जन ग्रह शुक्रले छल वा लोभ, लालशको ग्रह राहु, केतुले, समस्याको ग्रह शनि, मनकारक चन्द्र, शाहसको मंगल, आत्माको सुर्य जस्तै विभिन्न ग्रहले सप्तमेश वा पञ्चमेष या विभिन्न वलाधिकृत दशाले सिमित समयलाई प्रेममा पार्ने र सपनाजस्तै टुटाईदिने गर्दछ। तर पनि राशि, नक्षत्र, तथा विभिन्न ग्रह आधारलाई उचित समयमै व्पवस्थापन गर्यो भने कुण्डलिको दोष पनि अर्को बाटोमा मोडिन सक्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना