१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा वैदिशक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

२४ चैत्र २०८०, शनिबार ०९:५०

चैत २४, दमौली | वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन् ।  उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले रु ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले रु एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले रु ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले रु ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले रु ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले रु दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले रु २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले रु ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले रु दुई लाख ५० हजार क्षतिपूर्ति पाएका छन् । 

तनहुँ बाहेक अन्य ठाउँका सात जनाले रु २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । 

रानाले भने, “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।” सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ ।

६ हजार बढीलाई परामर्श

कार्यक्रममार्फत हालसम्म छ हजार छ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रुपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ । 

रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, “सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ । यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौँ ।”

गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए । उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ । 

उनले भने, “गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ । यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ । नत्रभने पछि समस्या आउन सक्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण