आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ | एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि रिजन ढकालले चौथो सफलता दिएका हुन्।


उनले आयरल्याण्ड ‘ए’ का लाई मोर्गान टोपिङ्सलाई २१ रनमा एलबीडब्लू धरापमा पारे । यसअघि रंजीत कुमार, साहब आलम र विकास आग्रीले नेपालका लागि १–१ विकेट लिए।

टस जितेर आयरल्याण्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यो समचार तयार गरुन्जेल सम्म आयरल्याण्ड ‘ए’ ले ३० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!