नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलगायतको रिट हेर्दाहेर्दैमा

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीसहित १० जनाले दिएको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा रिट हेर्दाहेर्दैमा परेको हो । 

 रिट निवेदकहरु रायमाझीसहित  निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई / सानु भण्डारीका रिट हेर्दाहेर्दैमा रहेको सर्वोच्चले जनाएको छ । 


काठमाडौँ जिल्ला अदालतले सुरुमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!