भिसा सकिएर पनि बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको रेग्मीको भनाई छ ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको छ ।

यी हुन् पक्राउ परेका व्यक्तिहरू :


यस बिषयमा तपाइको प्रतिक्रिया...!