पोर्चुगलमा किरा टिप्न गएका एक नेपाली मृत फेला, एक बेपत्ता

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न गएका एक नेपाली मृत फेला परेका छन् भने एक नेपाली बेपत्ता भएका छन् ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका पाँच कटुन्जेका नाताले काका भतिज पर्ने २ नेपाली समुन्द्रमा किरा (घुगी) टिप्न जाँदा बेपत्ता भएका थिए।

बेपत्ता मध्य काका पर्ने धन बहादुरको सब मृत अवस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भइरहेको गैरआवासिय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!