मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौं । अभिनेत्री पूजा शर्माले ललितपुरको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गराएकी छिन्। 

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजा आफैंले  शल्यक्रिया सफल भएको बताएकी हुन् ।

स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!