२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भद्रकाली घटना : प्रहरीको दुर्व्यवहारमा परेका भिक्षु को थिए ?

२०८०, २६ चैत्र सोमबार ०८:२०

चैत २६, काठमाडौं । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ ।

चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहारमा पर्ने भिक्षु हुन्, फुर्वा तामाङ लामा । उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए ।


प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरी अधिकृतहरूको जिकिर छ ।

भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीका जवान हुन् । भुकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले भिड नियन्त्रणको सिद्धान्त विपरीत धार्मिक भेषमा रहेका फुर्वालाई लात्ता प्रहार गरेको प्रहरीको छानबिन निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा भन्छन्–‘लात्ता प्रहार गर्नु गलत भएको छ, त्यसमा संलग्नलाई विभागीय कारबाही सुरु गरेका छौं ।’

भिड नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मीले व्यावसायिकता भुलेर अमर्यादित क्रियाकलाप गरेको उपत्यका प्रहरी कार्यालयले सोमबार ब्रिफिङ गरेको छ । उपत्यकामा कार्यरत प्रहरी निरिक्षक र सोभन्दा माथिका अधिकृतलाई एआईजी दीपक थापाले प्रहरी प्रधान कार्यालयस्थित अडिटोरियम हलमा ब्रिफिङ गरेका हुन् ।

शनिवारको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना