८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नवजात शिशुको मृत्युदर घटेन

७ कार्तिक २०७३, आईतवार ०३:३२

पाल्पा, ७ कात्तिक । गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन । 

गत आवमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको मृत्यु भएको छ । सरकार नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ अघि बढे पनि पाल्पामा मृत्युदर झनै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २०७२÷७३ मा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र दिन नपुगी जन्मेका मध्ये आठजना नवजात शिशुको मृत्यु भएको छ । 

आव २०७१/७२ मा जन्मेको २८ दिनभित्र दुई र सात दिनभित्र दुईजना शिशुको मृत्यु भएकामा आव २०७२÷७३ मा बढेर २८ जना शिशुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार दुई वर्षअगाडि ५२ जना शिशुको जन्मिनुपूर्व मृत्यु भएको थियो तर गत आवमा जन्मिनुपूर्व ४६ जना शिशुको ज्यान गएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले दुई वर्षअघि सुत्केरीलाई ठीक समयमा स्वास्थ्य केन्द्रमा नपु¥याई घरमै उपचार गर्दा आठजना शिशुको ज्यान गएको थियो भने गत आवमा सबै आमा तथा शिशुको मृत्यु स्वास्थ्य केन्द्रमै ल्याएपछि मृत्यु भएको थियो । जिल्लाका विभिन्न स्वास्थ्य संस्था र एनजिओ तथा आइएनजिओले नवजात शिशु र मातृमृत्यु रोक्न गरेका कार्यक्रमले शिशु र आमाको अकालमै मृत्यु रोक्न सकेको छैन । पाल्पा जिल्लामा पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्ने हो भने मातृ तथा नवजात शिशुको अकालमै मृत्यु बढेको छ । 

दुई वर्षअघि आव २०७१÷७२ मा पाल्पा जिल्लामा दुईजना आमाको मृत्यु भएकामा आव २०७२÷७३ मा एकजनाको मृत्यु भएको छ । गत आवमा पालुङ्मैनादीका २० वर्षीया गर्भवती महिला दीपा विश्वकर्माको समयमै उपचार हुन नसक्दा ज्यान गएको थियो । समयमै अस्पतालमा नजाँदा, गर्भवती चेकजाँच नगर्दा, घरेलु हिंसा तथा स्वास्थ्यमा उचित ध्यान नदिँदा नवजात शिशु तथा आमाको ज्यान जाने गरेको छ । 

पाल्पामा जिल्ला अस्पताल, मिसन, लुम्बिनी मेडिकल कलेज प्रभास, स्वास्थ्य चौकी, अस्पताल एवम् सुआहारा लगायतका अस्पताल र एनजिओ आइएनजिओले गर्भवती महिला तथा उनीहरुको परिवारको स्वास्थ्य परीक्षणका काम गरिरहेका छन् । 

जिल्लामा प्रतिष्ठित संस्थाले मातृ मृत्युदर नवजात मृत्यु घटाउन विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन शाखाका फोकल पर्सन कल्पना पौडेलले भने परिवार र सुत्केरीले गर्भवती हुँदा स्वास्थ्यमा ध्यान नदिँदा मातृमृत्यु तथा शिशुमृत्यु बढेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता