२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नवजात शिशुको मृत्युदर घटेन

२०७३, ७ कार्तिक आईतवार ०३:३२

पाल्पा, ७ कात्तिक । गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन । 

गत आवमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको मृत्यु भएको छ । सरकार नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ अघि बढे पनि पाल्पामा मृत्युदर झनै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २०७२÷७३ मा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र दिन नपुगी जन्मेका मध्ये आठजना नवजात शिशुको मृत्यु भएको छ । 

आव २०७१/७२ मा जन्मेको २८ दिनभित्र दुई र सात दिनभित्र दुईजना शिशुको मृत्यु भएकामा आव २०७२÷७३ मा बढेर २८ जना शिशुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार दुई वर्षअगाडि ५२ जना शिशुको जन्मिनुपूर्व मृत्यु भएको थियो तर गत आवमा जन्मिनुपूर्व ४६ जना शिशुको ज्यान गएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले दुई वर्षअघि सुत्केरीलाई ठीक समयमा स्वास्थ्य केन्द्रमा नपु¥याई घरमै उपचार गर्दा आठजना शिशुको ज्यान गएको थियो भने गत आवमा सबै आमा तथा शिशुको मृत्यु स्वास्थ्य केन्द्रमै ल्याएपछि मृत्यु भएको थियो । जिल्लाका विभिन्न स्वास्थ्य संस्था र एनजिओ तथा आइएनजिओले नवजात शिशु र मातृमृत्यु रोक्न गरेका कार्यक्रमले शिशु र आमाको अकालमै मृत्यु रोक्न सकेको छैन । पाल्पा जिल्लामा पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्ने हो भने मातृ तथा नवजात शिशुको अकालमै मृत्यु बढेको छ । 

दुई वर्षअघि आव २०७१÷७२ मा पाल्पा जिल्लामा दुईजना आमाको मृत्यु भएकामा आव २०७२÷७३ मा एकजनाको मृत्यु भएको छ । गत आवमा पालुङ्मैनादीका २० वर्षीया गर्भवती महिला दीपा विश्वकर्माको समयमै उपचार हुन नसक्दा ज्यान गएको थियो । समयमै अस्पतालमा नजाँदा, गर्भवती चेकजाँच नगर्दा, घरेलु हिंसा तथा स्वास्थ्यमा उचित ध्यान नदिँदा नवजात शिशु तथा आमाको ज्यान जाने गरेको छ । 

पाल्पामा जिल्ला अस्पताल, मिसन, लुम्बिनी मेडिकल कलेज प्रभास, स्वास्थ्य चौकी, अस्पताल एवम् सुआहारा लगायतका अस्पताल र एनजिओ आइएनजिओले गर्भवती महिला तथा उनीहरुको परिवारको स्वास्थ्य परीक्षणका काम गरिरहेका छन् । 

जिल्लामा प्रतिष्ठित संस्थाले मातृ मृत्युदर नवजात मृत्यु घटाउन विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन शाखाका फोकल पर्सन कल्पना पौडेलले भने परिवार र सुत्केरीले गर्भवती हुँदा स्वास्थ्यमा ध्यान नदिँदा मातृमृत्यु तथा शिशुमृत्यु बढेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने