त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते "/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगो निभाउने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

२६ चैत्र २०८०, सोमबार १२:०४

चैत २६, सुर्खेत । डोल्पामा डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसोदेखि सुरु भएको आगो नियन्त्रणका लागि सोमबार देवीदत्त गुल्मको सैनिक टोली खटिएको थियो ।

त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए ।


गम्भीर घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । १२ जना सामान्य घाइते छन् ।

गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आइतबार दिउँसोदेखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुली भेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदायिक वनमा डढेलो लागेको थियो ।

सामुदायिक वनमा लागेको आगो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण