१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राैतहटमा आगलागी, ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

२७ चैत्र २०८०, मंगलवार ०५:५८

चैत २७,  काठमाडौँ । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित गएराती भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।

आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।


गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।

आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पाडा-१ र बाख्रा-१ जली मरेको छ। त्यस्तै  साईकल थान-३, मोबाईल-२, पंखा-१ र गोठ घर पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।

त्यस्तै आगलागी बाट कृष्ण मिश्राको भौंसीको पाडी-१, बाख्रा-१ र माउ- २ जली मरेको छ , अन्नपात, ल्यापटप-१, पंखा-१, ग्यास चुलो-१, नगद रु६० हजार ,गोठ घर पुर्ण रुपमा जली नष्ट भएको छ।

त्यसैगरी उदय मिश्राको साईकल-१, दाउरा र गोठ घर पुर्ण रुपमा जली आगलागिमा मानविय क्षेती नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन।

आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षती हुनबाट जोगिएको बताएका छन। उनले पिडित परिवारको सहयोगको लागि स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण