१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

२७ चैत्र २०८०, मंगलवार ०६:४६

चैत २७, काठमाडौँ । दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।

इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरिसकेका थिए । घोषणापछि फ्यान दुःखी थिए ।


विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने उल्लेख छ ।

पछिल्लो दुई वर्षदेखि दुवैजना अलग बस्दै आएका छन् । घोषणापछि आफ्ना छोरा यात्रा र लिङ्गाको विद्यालय समारोहमा यी दुई कलाकार एकसाथ देखिएका थिए । १७ जनवरी २०२२ मा धनुषले एक्समार्फत आफूहरु अलग हुन लागेको बताएका थिए ।

अदालतमा पेश गरिएको याचिकामा धनुष र ऐश्वर्याले आफूहरु अलग हुने निर्णय गरेको उल्लेख छ । धनुष र ऐश्वर्याको विवाह सन् २००४ मा भएको थियो । त्यसबेला उनीहरु २१ र २३ वर्षका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण