डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपराध कम भएपनि अनुसन्धान हुनैपर्छ: राप्ती प्रहरी प्रमुख चन्द

७ कार्तिक २०७३, आईतवार ०६:५६


डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्तीका प्रहरी प्रमुख प्रेम चन्दले जनाएका छन । 

समाजका अपराधहरुको आधुनिक तवरले अनुसन्धान गरि अपराधिलाई कानुनि दायरामा ल्याई अपराध कम गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउदै वरिष्ट प्रहरी उपरिक्षक चन्दले समयको विकासक्रम संगै तालिमहरुपनि आधुनिक तवरले संचालन भैरहेको बताएका हुन । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित घुम्ती प्रशिक्षण योजना अन्तरगत सल्यानमा ७ दिन सम्म चल्ने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले भिड नियन्त्रण पछि जवान र हवल्दारहरुका लागि यो दोस्रो अनुशिक्षण भएको बताएका हुन । प्रहरीका अधिकृत तहकाले बढि तालिम लिएपनि काम भने जवानले गर्ने भएकाले जवानहरुलाई पनि यस्तो तालिम दिनुपर्ने रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको योजना अनुसार केन्द्रमा मात्रै हुने यस्ता तालिम जिल्लाव्यापी रुपमा चलाइएको उनले बताएका हुन । 

वास्तवमा काम गर्ने तहमा जवान र हवल्दार भएकाले उनिहरुमा पनि आधुनिक ज्ञान र सिप हुनुपर्ने उनको कथन थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्रहरी जवानको यो बतालिमले अपराध कम गर्न र भएमा कानुनी दायरमा ल्याउन सहयोग गर्ने बताएका थिए । त्यस्तै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अपराधलाई जहाँको त्यहि नियन्त्रण गर्नुपर्ने गरि प्रहरी लाग्नुपर्ने र प्रहरी देख्ने वित्तिकै अपराधीले अपराधिक मानसिकता त्याग्ने बाताबरण बनाउनुपर्ने बताएका छन । 

प्रहरीले भिड नियन्त्रण, अपराध अनुसन्धान जस्ता ५ वटा अनुशिक्षक कार्यक्रम देशैभरी चलाइरहेको छ । आइतबारबाट नै देशभरका ३४ स्थानमा १ हजार २ सय ४९ जनाले अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम लिइरहेका छन ।

यस्ता तालिमले जवान तथा हवल्दारको बढुवाका लागि पनि सहयोग हुने र स्थानिय स्तरमा तालिम प्रदान गर्दा तालिमको प्रभावकारिता बढ्ने कार्यक्रमका अध्यक्ष प्रहरि नायव उपरिक्षक श्याम बहादुर खत्रीले जनाएका छन । 

प्रहरी निरिक्षक गणेश थापाले संचालन गरेको कार्यक्रममा सहभागिलाई स्वागत तथा कार्यक्रमको बारेमा जानकारी प्रहरी निरिक्षक धर्म बहादुर केसीले गराएका थिए । अनुशिक्षण तालिम आगामी कातिक १२ गते सम्म चल्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य