२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेटर हार्दिक पाण्ड्यालाई ठगेको आरोपमा सौतेलो भाई वैभव पक्राउ

२०८०, २९ चैत्र बिहीबार ०७:२१

चैत २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान हुन् । ३० वर्षीय हार्दिकले भारतीय टोलीका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।

आईपीएलको जारी संस्करणमा उनको कप्तानीमा मुम्बई इन्डियन्सले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । त्यसैले उनको ब्यापक आलोचना पनि हुँदै आएको छ । अहिले हार्दिक खेलका अतिरिक्त अर्को प्रसंगका कारण पनि चर्चामा आएका छन् ।


खासमा हार्दिक पाण्ड्याले आफ्नो करोडौँ रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले भने हार्दिकलाई ठगी गरेको आरोपमा उनकै सौतेलो भाईलाई पक्राउ गरेपछि उनी चर्चामा आएका छन् ।

हार्दिक पाण्ड्या, उनको भाई कुणाल पाण्ड्या र सौतेलो भाई वैभव पाण्ड्याले मिलेर सन् २०२१ मा पोलिमर ब्यवसायका लागि एउटा कम्पनी स्थापना गरेका थिए । त्यो कम्पनीमा हार्दिक र कुणालको ४०–४० प्रतिशत सेयर रहेको थियो । सौतेलो भाई वैभवको भने कम्पनीमा २० प्रतिशत सेयर थियो ।

कम्पनीबाट प्राप्त हुने मुनाफा पनि सोही अनुरुप बाँट्ने सम्झौता भएको थियो । कम्पनीको रेखदेख वैभवले गर्थे । तर, वैभवले कम्पनीले नाफा कमाएको पैसा हार्दिक र कुणाललाई नदिई छुट्टै कम्पनी स्थापना गरेर त्यो नयाँ कम्पनीको खातामा पठाउने गरेका थिए ।

पटक–पटक मुनाफाको पैसा माग्दा पनि नपाएपछि अन्नतः हार्दिक र कुणाल सौतेलो भाई वैभवविरुद्ध उजुरी लिएर प्रहरी कार्यालयमा पुगेका थिए । वैभवले आफ्नो चार करोड ३० लाख भारतीय रुपैयाँ ठगी गरेको दाबी हार्दिक र कुणाले गरेका थिए । सोही आरोपमा बिहीबार स्थानीय प्रहरीले वैभवलाई प्रक्राउ गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना