२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु- जजलिरहेको रुख ढलि आगो सल्किएर अगाडि आउँदा परेका थिए ट्रयापमा

२०८०, २९ चैत्र बिहीबार १०:३८

चैत २९, काठमाडौँ । डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ ।

४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवानहरू आशिष बुढा र हेमन्त रावतको मृत्यु भएको हो।

आगो लागिरहेको ठाउँदेखि करिब २ सय मिटर दुरीमा रहेको सदरमुकाम सुरक्षा गुल्मबाट खटिएका उनीहरू रुखमा लागिरहेको आगोको ट्र्यापमा परेका थिए।


जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीले जलिरहेको रुख ढलेर तल पुगेपछि आगो सल्किएर अगाडि आउँदा सैनिकहरू ट्र्यापमा परेको बताए। ‘आगो नाघेर जान सक्ने अवस्था पनि भएन। त्यहाँ तल ५/६ सय मिटर अग्लो भिर थियो। अगाडि पहरा भएकाले चढ्ने अवस्था पनि रहेन’, डीएसपी केसीले भने।

केसीका अनुसार चैत २४ गते १२ बजेर १० मिनेटमा ठुली भेरी नगरपालिका-४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा आगो लाग्न थालेको थियो।

‘पहिलो दिन हामीले साँझसम्म लगाएर भुईँतिरको आगो निभाएका थियौँ। रुखमा बलिरहेको आगो भने निभाउन सकिएको थिएन। केही रुखहरूमा आगो रातभरि नै बलिरह्यो। भोलिपल्ट बिहान १० बजेतिर अलिक बढी बलिरहेको रुखको आगो निभाउन सैनिकहरू खटिइरहनु भएको थियो। हामी पुलिस र सशस्त्र २०/३० फिट टाढा रहेर अन्य रुखमा लागिरहेका आगो निभाइरहेका थियौँ’, उनले भने ।

पानी लैजान कठिन

भएकाले सुरक्षाकर्मीले वरिपरिका स्याउलाले आगो निभाउन खोजिरहेका थिए ।

सेनाको ब्यारेकको ठिक पछाडि पट्टी रहेको डाँडामा डढेलो लागेको थियो । डाँडाको नजिकै रहेको ठुली भेरी-४ कै करिब एक सय ५० परिवारको बसोबास रहेको बस्तीमा आगो पुग्न सक्ने डरले सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी घटना भएको दिन गुल्मबाट १४ जना सैनिक आगो नियन्त्रणमा लागि गएको बताए। उनले घटना कसरी हुन गयो भन्नेबारे बुझ्ने काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना