१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु- जजलिरहेको रुख ढलि आगो सल्किएर अगाडि आउँदा परेका थिए ट्रयापमा

२९ चैत्र २०८०, बिहीबार १०:३८

चैत २९, काठमाडौँ । डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ ।

४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवानहरू आशिष बुढा र हेमन्त रावतको मृत्यु भएको हो।

आगो लागिरहेको ठाउँदेखि करिब २ सय मिटर दुरीमा रहेको सदरमुकाम सुरक्षा गुल्मबाट खटिएका उनीहरू रुखमा लागिरहेको आगोको ट्र्यापमा परेका थिए।


जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीले जलिरहेको रुख ढलेर तल पुगेपछि आगो सल्किएर अगाडि आउँदा सैनिकहरू ट्र्यापमा परेको बताए। ‘आगो नाघेर जान सक्ने अवस्था पनि भएन। त्यहाँ तल ५/६ सय मिटर अग्लो भिर थियो। अगाडि पहरा भएकाले चढ्ने अवस्था पनि रहेन’, डीएसपी केसीले भने।

केसीका अनुसार चैत २४ गते १२ बजेर १० मिनेटमा ठुली भेरी नगरपालिका-४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा आगो लाग्न थालेको थियो।

‘पहिलो दिन हामीले साँझसम्म लगाएर भुईँतिरको आगो निभाएका थियौँ। रुखमा बलिरहेको आगो भने निभाउन सकिएको थिएन। केही रुखहरूमा आगो रातभरि नै बलिरह्यो। भोलिपल्ट बिहान १० बजेतिर अलिक बढी बलिरहेको रुखको आगो निभाउन सैनिकहरू खटिइरहनु भएको थियो। हामी पुलिस र सशस्त्र २०/३० फिट टाढा रहेर अन्य रुखमा लागिरहेका आगो निभाइरहेका थियौँ’, उनले भने ।

पानी लैजान कठिन

भएकाले सुरक्षाकर्मीले वरिपरिका स्याउलाले आगो निभाउन खोजिरहेका थिए ।

सेनाको ब्यारेकको ठिक पछाडि पट्टी रहेको डाँडामा डढेलो लागेको थियो । डाँडाको नजिकै रहेको ठुली भेरी-४ कै करिब एक सय ५० परिवारको बसोबास रहेको बस्तीमा आगो पुग्न सक्ने डरले सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी घटना भएको दिन गुल्मबाट १४ जना सैनिक आगो नियन्त्रणमा लागि गएको बताए। उनले घटना कसरी हुन गयो भन्नेबारे बुझ्ने काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो