८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा योजना तर्जुमा तालिम सम्पन्न

७ कार्तिक २०७३, आईतवार ०८:२७

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा नगर स्तरीय युवा समुहका सदस्य तथा सरोकारवालाहरुका लागि २ दिने सहभागितात्मक योजना तर्जुमा प्रकृया तालिम आईतवार सम्पन्न भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा तालिम दिईएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । बेल्डाँडीमा साझेदारी विकास परियोजना लागु भए पछि युवाहरुलाई पनि युवाले सहभागितात्मक योजना तर्जुमामा महत्वपुर्ण भुमिका खेल्न सकुन भन्ने उदेश्यले तालिम दिईएको युवा अभियान कार्यक्रमका संयोजक रिसीकेस जैरुले बताउनु भयो । 

स्थानिय विकास र सुशासनको पक्षमा युवाले उदाहरणीय भुमिका खेल्न सकुन भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले भने बस्ती स्तरको योजना छनौटमा यो तालिमले युवाहरुमा सकारात्मक परिर्वतन ल्याउनुका साथै योजना प्राथामिकरण गर्नमा सिस्टम बस्ने कुरा जानकारी गराउनु भयो ।

सहभागी युवाहरुले भने यो तालिमले हामी युवाहरुको आखाँ खोलिदिएको जनाए । आजका मिति सम्म हामीले योजना कसरी बन्छ भन्ने कुरा समेत आफुहरुलाई थाहाँ नभएको र यो तालिमले हामीहरुलाई ठुलो फाईदा पु¥याएको बताए । 

सहभागी स्थानिय युवा सिता भट्टले भने ‘हामी आजको मिति सम्म वडा भेलामा समेत गएका छैनौ, योजना छनौट र कार्यान्वयनको कुरा परै जाओस् ।’ हामीले सुनेका मात्र थियौ महिलाको पनि बजेट आउछ, कसरी आउछ भन्ने थाहाँ थिएन यो तालिममा आएर थाहाँ पाएको बताए । उनले भनिन् अवका वस्ती स्तरको योजना छनौटमा सहभागी हुने र आफु महिला भएकोले महिलालाई प्रत्यक्ष फाईदा हुने योजना माग गर्ने बताए । 

बेल्डाँडी नगर स्तरीय युवा समुहकी संयोजक लक्ष्मी जैसीले भने ‘मैले यो भन्दा पहिले नगरपालिका कार्यालय सम्म पनि कहिले नआएको बताउदै भन्नु भयो मलाई यहाँ सम्म पु¥याएको साझेदारी विकास परियोजनाले हो । उनले भनिन् के योजना ? के तर्जुमा ? के संयोजक ? यो पनि मलाई थाहैँ थिएन आज यो तालिमले मेरा आखाँ खोल्नुका साथै बस्ती स्तरको योजना छनौटमा म युवा भएको हैसियतले म जस्ता तमाम युवालाई सहभागी गराउने कुरा बताए ।’ 

उनले गह भरी आशु निकाल्दै भने मेरो जिवनकै पहिलो तालिम यो हो । यो तालिमले मेरो जिनमा ठुलो सकारात्म परिर्वतन ल्याएको छ । म केही पनि नबोल्न सक्ने युवा आज केहि बुझेकोले आफुले आफु जस्ता तमाम युवाको सकारात्म सोच ल्याउनमा लाग्ने कुरा बताउदै स्थानिय विकासको काममा जनसहभागीता बढाउनमा लाग्ने जनाएका छन् । समुहका उप संयोजक मदन भट्टले भने हामी आजै देखि युवाले  गर्नुपर्ने सकारात्मक कार्यगर्नमा लाग्ने जनाए । 

बेल्डाँडी नगरपालिकाका सव इन्जनियर तेज सुनारले भने युवाको स्थानिय विकासका काममा ठुलो योगदान रहेको बताए । यहाका युवाहरुले युवाको भुमिका खेल्नु पर्ने जोड गर्दै आफुहरुले समेत युवालाई सहयोग गर्ने जनाए ।

कार्यक्रमको सहजिकरण खाने पानि तथा सरसफाई कार्यालयका कर्मचारी बिसनदेव जोशीले गरेका थिए । बेल्डाँडीका युवाहरुले यस्ता तालिम पुनः दिनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता