१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा

३० चैत्र २०८०, शुक्रबार ११:१६

चैत ३०, काठमाडौँ । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ ।

विज्ञहरुले सार्बजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ ।

यस सूचीमा अमेरिका चौथो स्थानमा छ भने नाइजेरिया पाँचौं, रोमानिया छैटौं, उतर कोरिया सातौं, बेलायत आठौँ ब्राजिल नवौं र भारत दशौँ स्थानमा रहेका छन् । 

प्रतिवेदनमा र्यान्समवेयर, क्रेडिट कार्ड चोरी र जालसाजीलगायत साइबर अपराधका विभिन्न वर्गका आधारमा मुख्य हटस्पटहरू पहिचान गरिएको थियो । साइबर अपराध मामिलाहरु को आधार मा दिइएको स्कोर ‘विश्व साइबर क्राइम इन्डेक्स’ मा साइबर अपराधका घटनाका आधारमा अङ्क दिइएको छ । तर, केसको संख्या भने उल्लेख गरिएको छैन । रुसको विश्व साइबर क्राइम इन्डेक्स स्कोर १०० मध्ये ५८.३९, युक्रेनको ३६.४४ र चीनको २७.८६ थियो । 

अक्सफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ न्यु साउथ वेल्सका विज्ञहरूले साइबर अपराधबारे विश्वव्यापी अध्ययन गरेका थिए । यसका आधारमा सूचकांक तयार गरिएको हो ।

उक्त अध्ययनले साइबर अपराधका मुख्य पाँच वर्गमा केन्द्रित थियो । यी विज्ञहरूले प्रत्येक साइबर अपराध श्रेणीको प्राथमिक स्रोत मानिने देशहरू पहिचान गरे। यसबाहेक, तिनीहरूले साइबर अपराध गतिविधिको प्रभावको आधारमा प्रत्येक देशलाई वर्गीकरण गरे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न