८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा मोटरबाटोको रकम विद्यालयलाई

७ कार्तिक २०७३, आईतवार ०९:५५

कृष्ण कँडेल/कात्तिक ७, बागलुङ । बागलुङको अधिकारीचौर वडा नम्बर–९ मस्तीका स्थानियले मोटरबाटो मर्मतका लागि छुट्यार्ईको रमक बचाएर विद्यालयलाई सहयोग गरेका छन् । 

वडावासीले श्रमदान गरि बाटो मर्मत गरेर गाविसबाट मोटरबाटो मर्मत शिर्षकमा छुट्याइएको ३० हजार रकम स्थानिय जनजागरण प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन् ।  

वडाका ४६ घरधुरीले बुर्तिबाङ गाविसको सलामकोट देखि मस्ती हुँदै देविस्थानको अर्नाकोट देउरालीसम्मको मोटरबाटो श्रमदान गरि मर्मत गरेर उक्त रकम जोगाएको वडा नागरिक मञ्चका अध्यक्ष राजबहादुर कुँवरले जानकारी दिए । 

विद्यालय सञ्चालनका लागि रकम अभाव भएपछि मोटरबाटो श्रमदान गरि मर्मत गरेर विद्यालयलाई रकम दिर्ईएको उनको भनाई छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा १ जना शिक्षिका र एकजना कार्यालय सहायक मात्र छन् । 

कार्यालय सहायकको तलब स्थानिय स्रोतबाट खुवाउने गरि नियुक्त गरिएको छ । विद्यालयको आर्थिक स्रोत नभएका कारण तलब भत्ता खुवाउन समस्या भएपछि स्थानियवासीले यस्तो उपाय निकालेका हुन् ।

सवै कक्षाहरु १ जना शिक्षक र कार्यालय सहायकको भरमा चलाउनुपर्ने भएकाले बहुकक्षा शिक्षण गर्नेपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमकुमारी कुँवरले जानकारी दिईन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता