८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अबैध ढुवानीको काठ सहित भिमगिठेबाट ७ जना पक्राउ

७ कार्तिक २०७३, आईतवार ०९:५७

कृष्ण कँडेल/कात्तिक ७, बुर्तिबाङ कात्तिक । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध रुपमा ढुवानी हुँदै गरेको काठ सहित ७ जना ढुवानी कर्तालाई पक्राउ गरि कारवाहिका लागि ईलाका बन कार्यालय बुर्तिबालाई बुझाएको छ । 

बागलुङको भिमगिठेबाट बुर्तिबाङ ल्याउँदै गरिएको ७७ थान सिर्मुको सिम्मा र ढुवानीमा प्रयोग भएको ध १ प ३४० नम्बरको ट्याक्टर सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकरी दिए ।  

प्रहरीले भिमगिठे–३ घरभई बुर्तिबाङ बस्दै आएका बुद्ध घर्ती, भिमगिठे–३ कै आयुस पाईजा, तुल्सि पुन, दिपक पाईजा, प्रेम घर्ती, बिरेन्द्र घर्ती, खिमबहादुर मगर र ट्याक्टरका चालक भिमगिठे–१ मनोज रानालाई पक्रेको हो । बुर्तिबाङ तर्फ ल्याउँदै गर्दा शुक्रबार राति ११ बजे ईलाका प्रहरी कार्यालय भिमगिठेले बरामद गरेको काठ सहित पक्राउ परेका उनिहरुलाई प्रहरीले थप अनुसन्धानका लागि शनिबार पत्रसहित बन कार्यालयलाई बुझाएको हो । 

प्रहरीले सोधपुछ गर्दा पक्राउ परेका बुद्ध घर्तीले आफ्नै निजि जग्गा भित्र रहेको काठ बुर्तिबाङमा घर बनाउनको लागि ल्याएको बताएका छन् । प्रहरीले भने अनुमति विना नै रातको समयमा ढुवानी गरिनु संकास्पद भएको भन्दै थप अनुसन्धाको लागि ईलाका बन कार्यालयलाई बुझाएको बताएको छ । आफ्नै जग्गामा भएको भएपनि प्रहरीको ईलाका कटाउनुपर्ने अवस्थामा बन कार्यालयसँग अनुमति लिएर ढुवानी गर्नुपर्ने हुन्छ । 

प्रहरीबाट काठ सहित पक्राउ परेकालाई ईलाका बन कार्यालय बुर्तिबाङमा पठाएकाले अब वन कार्यालयले स्थलगत अनुसन्धान गरि थप कारबाहि प्रक्रिया अघि बढाउने कार्यालयका निमित्त प्रमुख सहायक रेन्जर खिमबहादुर श्रीसले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता