पछिल्लो २४ घण्टामा ५ जना मृत अवस्थामा फेला

Posted on: 14 Apr, 2024

वैशाख २, काठमाडौँ ।  काठमाडौँ,  दाङ र  गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सडकको पेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी काठमाडौँकै दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरमा सुनसरी धरान महादेवचोक घर बताउने ४५ वर्षीय कुमार लामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता दाङको गढवा गाउँपालिका-३ गोवरडिया बस्ने ७० वर्षीय विरजु प्रसाद चौधरी सोही गाउँपालिका-३ बाघटोलस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दाङकै लमही नगरपालिका-१ कौडिया पुल नजिकै सडकमा सोही नगरपालिका-२ सोनपुर बस्ने ४१ वर्षीय फुलिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टारस्थित त्रिशूली नदी बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!