१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्काको नागरिकता दुरुपयोग गरेर ठगी गरेको आरोपमा श्रीमान–श्रीमतीसहित ३ जना पक्राउ

२ बैशाख २०८१, आईतवार १२:२६

वैशाख २, काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।


उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो । यो समूहले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरु आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोप लागेको छ ।

सन्जु पौडेलीले रश्मि विश्वकर्माको नागरिकता फेला पारेर त्यसमा आफ्नो फोटो टाँसेर १६ वटा बैंक खाता खोलेर ती खाता ठगीमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि ठगीमा संलग्न सन्जुले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम माार्फत पीडितहरुलाई सम्पर्क गरेर बहुमुल्य सामान र पार्सल आएको भन्दै सो सामान पाउन भन्सार तिनुपर्ने नाममा रकम असुल गरेकी हुन् । आरोपीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत हुँ भनेर बताउने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरुको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

ठगी आरोपमा सन्जुसँगै उनका श्रीमान पनि पक्राउ परेका छन् । श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । हालसम्म श्रीमान–श्रीमती मिलेर ६० लाख ५५ हजार ठगी गरिसकेको खुलेको छ ।

उनीहरुबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न