२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्काको नागरिकता दुरुपयोग गरेर ठगी गरेको आरोपमा श्रीमान–श्रीमतीसहित ३ जना पक्राउ

२०८१, २ बैशाख आईतवार १२:२६

वैशाख २, काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।


उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो । यो समूहले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरु आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोप लागेको छ ।

सन्जु पौडेलीले रश्मि विश्वकर्माको नागरिकता फेला पारेर त्यसमा आफ्नो फोटो टाँसेर १६ वटा बैंक खाता खोलेर ती खाता ठगीमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि ठगीमा संलग्न सन्जुले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम माार्फत पीडितहरुलाई सम्पर्क गरेर बहुमुल्य सामान र पार्सल आएको भन्दै सो सामान पाउन भन्सार तिनुपर्ने नाममा रकम असुल गरेकी हुन् । आरोपीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत हुँ भनेर बताउने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरुको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

ठगी आरोपमा सन्जुसँगै उनका श्रीमान पनि पक्राउ परेका छन् । श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । हालसम्म श्रीमान–श्रीमती मिलेर ६० लाख ५५ हजार ठगी गरिसकेको खुलेको छ ।

उनीहरुबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ