बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछ"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिका सेना र एअरवेस हटाउन माग गर्दै नाइजेरियामा हजारौंको प्रदर्शन

३ बैशाख २०८१, सोमबार ०५:२८

बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछि यो प्रदर्शन भएको हो । 

शनिबा देखी मध्य नियामेमा हातमा हातमा हातमा प्लेकार्ड लिएर भीडमा प्रदर्शनकारीले नाइजेरियन झण्डा फहराएको थियो, जसले फ्रान्सेली विरोधी प्रदर्शनलाई सम्झाउने कार्य गरेको थियो । नाइजरमा भएको बिद्रोहबाट सेनाले सत्ता कब्जा गरेपछि नाइजरबाट फ्रान्सको सेना फिर्ता लिन बाध्य भएको थियो।


अङ्ग्रेजीमा एउटा हातले लेखिएको चिन्हमा ‘युएसए रश आउट अफ नाइजर’ लेखिएको थियो । सैन्य सरकारको समर्थन र मार्चको मध्यमा करिब १ हजार  अमेरिकी सेनालाई आफ्नो क्षेत्र बाहिर सञ्चालन गर्न अनुमति दिने सम्झौता रद्द गरेको थियो । ‘हामी यहाँ अमेरिकी आधारलाई अस्वीकार गर्न आएका छौं, हामी हाम्रो माटोमा अमेरिकीहरू चाहँदैनौं,’ प्रदर्शनकारी मारिया सालेले भनिन् ।  भीडले “अमेरिकी साम्राज्यवाद मुर्दाबाद” र “जनमुक्ति आन्दोलन जारी छ” भन्ने नारा पनि लगाएका थिए ।

सैन्य विद्रोह नभएसम्म नाइजेरियामा फ्रान्स र अमेरिकाको प्रमुख सुरक्षा साझेदारको रूपमा रहेका थिए । जसले पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा एक दशक पुरानो विद्रोहलाई रोक्न अन्तर्राष्ट्रिय प्रयासहरूको एक भागको रूपमा यसलाई आधारको रूपमा प्रयोग गरेको थियो ।

तर, मार्चमा नाइजेरियाले अमेरिकासँगको सैन्य सम्झौता रद्द गर्‍यो। अमेरिकी सेनासँग डिसेम्बरमा नाइजरमा करिब ६५० कर्मचारी कार्यरत थिए, यो तथ्यांक ह्वाइट हाउसले संसदमा दिएको प्रतिवेदन अनुसार। अमेरिकी सेनाले नियामीबाट करिब ९२० किलोमिटर नाइजर शहर अगाडेजमा एउटा प्रमुख एयरबेस सञ्चालन गरिरहेको छ,  यसलाई मानव र मानव रहित निगरानी उडान र अन्य कार्यहरूका लागि प्रयोग गरिरहेको छ ।

अगाडेज नजिकै एयर बेस २०१ भनेर चिनिने ड्रोन बेस पनि १०० मिलियन डलरभन्दा बढीको लागतमा निर्माण गरिएको थियो। सन् २०१८ देखि साहेल क्षेत्रमा अल कायदा सम्बद्ध समूह र जमात नुसरत अल इस्लाम वाल मुस्लिमिनलाई लक्षित गर्न आधार प्रयोग गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न