आज फेरी बढ्यो सुनचाँदीको मुल्य , तोलाको कति पुग्यो ?

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।


यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!