प्युठानमा १५ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

Posted on: 15 Apr, 2024

बैशाख ३, प्युठान | १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नवीन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!