२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ जना मृत अवस्थामा फेला !

२०८१, ३ बैशाख सोमबार ०९:०४

बैशाख ३, काठमाडौँ । देशभरका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका-१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका-३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।  

यता भोजपुरको आमचौक गाउँपालिका-१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

उता बर्दियाको बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहाको लहान नगरपालिका-१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस्तै पाल्पाको रामपुर नगरपालिका-८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका-५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ