२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

२०८१, ३ बैशाख सोमबार ०९:२९

बैशाख ३, काठमाडौँ । अछाममा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ षोडशामा छानामा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 


सोमबार बिहान ९:५५ बजे खरले छाएको छानामा अचानक सल्केको आगोमा परी बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । घटनाबारे अनुसन्धानका लागि मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर खड्काको नेतृत्वमा टोली खटिएको डीएसपी पाठकले बताए । 

गत माघ २४ गते मेल्लेख गाउँपालिका- ३ ठाटीमा छानोमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ वर्षीय अंकित बुढा र ६ वर्षीया निरुता बुढा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ