अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौँ । अछाममा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ षोडशामा छानामा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 


सोमबार बिहान ९:५५ बजे खरले छाएको छानामा अचानक सल्केको आगोमा परी बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । घटनाबारे अनुसन्धानका लागि मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर खड्काको नेतृत्वमा टोली खटिएको डीएसपी पाठकले बताए । 

गत माघ २४ गते मेल्लेख गाउँपालिका- ३ ठाटीमा छानोमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ वर्षीय अंकित बुढा र ६ वर्षीया निरुता बुढा रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!