२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

२०८१, ४ बैशाख मंगलवार ०५:२१

बैशाख ४, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितीले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका छन् ।

रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रफी विहीन बन्ने भएको छ । साउदी लिगमा अल हिलालसँग १२ अंकले पछाडी रहेको अल नासर एशियन च्याम्पियन्स लिगमा पनि बाहिरिएको छ ।

रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ