१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम

४ बैशाख २०८१, मंगलवार ०६:४३

बैशाख ४, काठमाडौँ । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ–११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ–११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैंले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।


म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् । 

म्याक्सवेलले भने- 'म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नको लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।'

म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । तर, अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरुलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् ।

म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५.३३ को औसत र ९४.१२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी