२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम

२०८१, ४ बैशाख मंगलवार ०६:४३

बैशाख ४, काठमाडौँ । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ–११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ–११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैंले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।


म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् । 

म्याक्सवेलले भने- 'म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नको लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।'

म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । तर, अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरुलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् ।

म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५.३३ को औसत र ९४.१२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो