१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैतडीमा बालिकामाथि आफ्नै काकाद्वारा करणी, गर्भपतन गर्न नमान्दा जंगलमा बोलाइ हत्या

४ बैशाख २०८१, मंगलवार ०८:४५

बैशाख ४, धनगढी | बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ रातोमाटीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ।  बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ।

पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो। 

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो। मृतक किशोरी गर्भवतीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ। 


डडेल्धुरा अस्पतालमा शवको पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टि गरेको प्रहरीले जनाएको छ। अनुसन्धान गर्दै जादा मृतक किशोरीका श्रीमान् गत वर्ष साउनदेखि नै भारतमा रोजगारीको लागि पाइयो। 

कोशोरीका काका नाता पर्ने ३० वर्षीय पुरुषले ललाई फकाई डर धाक धम्कीसमेत दिई पटक पटक करणी गरेको गर्भवती बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी मारेको बयान दिएका छन्। मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएका छन् भने कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी